दोलखा, कार्तिक २८ । दोलखाको गौरीशंकर गाउपालिका वडा नम्बर ८ खारेका कांग्रेस सभापति आफनो सिंगो टीमसहित नेकपा एमालेप्रवेश गरेका छन ।
वडा नं ८ नेकपा एमाले संगठन कमिटीले आयोजन गरेको पार्टी प्रवेश कार्यक्रममा गौरीशंकर गाउपालीका वडा नं ८खारेको नेपाली काङ्ग्रेस परित्यग गरि पार्टी सभापति टिकाबहादुर गुरुङ, उपसभापति कृष्ण तामाङसहित एमाले प्रवेश गर्नुभएको हो ।

कार्यक्रममा कांग्रेस वडा समिति सदस्यहरु बाबुकाजी गुरुङ, तक्ता बहादुर तामाङ, पदम मगर, बिनेश तामाङ, तरुणदल अध्यक्ष बिकाश गुरुङ पनि एमाले प्रवेश गर्नुभयो ।

उहाँहरूलाई एमाले पोलिटव्युरो सदस्य पार्बत गुरुङ, प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बालकृण शिवाकोटीसहितका नेताहरूले स्वागतगर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्