रामेछाप, २९ कात्तिक । नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले जनताको बिचमा मत मात्र होइन, मन पनि माग्न आएको बताउनुभएको छ । एमालेको विजयलाई जनताको उपस्थितिले सुनिश्चित गरेको भन्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेकपा एमाले निर्वाचन परिचालन कमिटी रामेछापले आज खाँडादेवी गाउँपालिकाको गोगनपानीमा आयोजना गरेको चुनावी सभामा बोल्दै श्रेष्ठले भन्नुभयो,‘हामी जनतालाई जागृत गरेर समाजवादको बाटोमा अघि बढ्न चाहन्छौँ ।’
पछाडि पारिएको समुदायलाई समाजको मूलधारमा ल्याउन एमालेले अभियान चलाएको उहाँले बताउनुभयो । त्यसलाई अघि बढाउन मङ्सिर ४ को निर्वाचनमा एमालेलाई मतदान गर्नुपर्ने उहाँले प्रष्ट पार्नुभयो ।
श्रेष्ठले एमालेले कसैलाई पनि नचलाउने बताउँदै कसैले चलाए त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिनुभयो । उहाँले एमाले शान्तिपूर्ण निर्वाचनको पक्षमा रहेको बताउँदै गठबन्धनले निर्वाचनलाई प्रभाव पार्न खोजेको भन्दै आलोचना गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्