जनता टाइम्स

१ मंसिर २०७९, बिहीबार २३:५७

निर्वाचनको स्थिर समय सुरु हुनु अघि एलपी साँवाको अपिल : अधुरा काम पुरा गर्न मलाई मत दिनुहोस


झापा, १ मंसिर । नेकपा एमाले झापा ४ का उम्मेद्वार एलपी साँवा लिम्बूले विगतमा आफूले सुरु गरेका कामको निरन्तरताका लागि यस पटक फेरी निर्वाचित गराइदिन सम्पूर्ण मतदातालाई आग्रह गर्नुभएको छ । निर्वाचनको स्थिर अवधी सुरु हुन केही घण्टा अघि साँवाले एक भिडियो अपिल जारी गर्दै आफूलाई मतदान गर्न सम्पूर्ण मतदातामा अनुरोध गर्नुभएको छ ।

भिडियो सन्देशमा साँवाले दुई वर्षको कोरोनाका कारण धेरै कामहरु चाहेर पनि हुन नसकेकोले ति कामको निरन्तरताका लागि एकपटक फेरी आफूलाई निर्वाचित गराइदिन आग्रह गर्नुभएको हो । साँवाले जनताको सेवाका लागि आफू विगत देखि खट्दै आएको र भविष्यमा पनि यसलाई निरन्तरता दिने बताउनुभएको छ । समृद्ध नेपाल,सुखी नेपालीको सपना साकार पार्नका लागि सूर्य चिन्हमा मतदान गरेर विजयी गराउन साँवाले अनुरोध गर्नुभएको छ ।