जनता टाइम्स

२ मंसिर २०७९, शुक्रबार १०:३५

जाउलाखेलमा शंकास्पद वस्तु फेला


काठमाडौं, २ मंसिर । ललितपुर महानगरपालिका वडा नम्बर ५ स्थित जाउलाखेलको गणेश चोकमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार शंकास्पद वस्तु फेला परेको जानकारी आएपछि नेपाल प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेको छ।

‘तार जोडेको अवस्थामा प्रेसर कुकर फेला परेको थियो। सेनाले निस्कृय बनाइसकेको छ,’ ललितपुर प्रहरीले जनाएको छ । निर्वाचन बहिष्कार लेखेर उक्त प्रेसर कुकर राखेको पाइएको थियो।