जनता टाइम्स

४ मंसिर २०७९, आईतवार १४:१२

१५ मंसिरसम्म एमाले नेतृत्वको सरकार बन्छ : अध्यक्ष ओली


काठमाडौं, ४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही १५ मंसिरसम्ममा नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गर्नुभएको छ । आइतबार प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा भक्तपुरको बालकोटस्थित मतदान केन्द्रबाट मतदान गरेपछि अध्यक्ष ओलीले १५ मंसिरसम्ममा एमाले नेतृत्वको सरकार बन्ने बताउनुभयो ।

उहाँले यसअघि तालमेल गरेका दलहरूसँग मिलेर सरकार बनाउने समेत बताउनुभयो । अध्यक्ष ओलीले यस निर्वाचनमा आफूहरूको स्पष्ट बहुमत आउने पनि दाबी गर्नुभएको छ ।