धनगढी, ४ मंसिर । बाजुरामा प्रहरीले गोली चलाउँदा एक जना गम्भीर घाइते भएका छन्। जिल्लाको त्रिवेणी नगरपालिका–७ मा प्रहरीले गोली चलाउँदा एक जना गम्भीर घाइते भएका छन्।
त्रिबेणी नगरपालिका–७ को नाटेश्वरी आधारभूत विद्यालय मतदानस्थलमा फर्जी मतको विषयमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको थियो। मतपेटिका तानातान गरिरहेका दुई पक्षीय झडप पछि प्रहरीले स्थिती नियन्त्रणमा लिन गोली चलाएको थियो।
घाइतेको पहिचान खुलेको छैन।
‘गोली लागे÷नलागेको स्पष्ट खुलेको छैन, झडपमा घाइते भएको खबर आएको छ,’ बाजुराका सहायक जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टले भननुभयो। घाइतेलाई उपचारका लागि नेपालगञ्ज लैजान नेपाली सेनाको हेलिकप्टर घटनास्थलतर्फ गएको उहाँले बताउनुभयो।













प्रतिक्रिया दिनुहोस्