जनता टाइम्स

५ मंसिर २०७९, सोमबार १६:४८

भक्तपुर–१ मा एमालेको अग्रता, नेमकिपा तेश्रो


काठमाडौं, ५ मंसिर । नेपाल मजदुर किसान पार्टीको गढ रहेको भक्तपुर क्षेत्र नम्बर १ को सुरुवाती मतगणनामा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ एमालेले अग्रता लिएको छ । एमालेले ८२० मत पाएको छ भने दोस्रो स्थानमा राप्रपाले ७७६ मत पाएको छ ।

तेस्रो स्थानमा रहेको नेमकिपाले ६८२ मत पाएको छ । चौथो स्थानमा रहेको सत्ता गठबन्धनबाट माओवादीका उम्मेदवारले ५०५ मत पाएका छन् ।