जनता टाइम्स

६ मंसिर २०७९, मंगलवार १२:०५

प्युठानमा एमालेका सूर्य थापा अगाडि, स्वतन्त्रले पच्छ्याउँदा गठबन्धनकी दुर्गा पौडेल तेस्रो स्थानमा


प्युठान, मंसिर ६ । प्युठानमा नेकपा एमालेका उम्मेदवार सूर्यबहादुर थापाले शुरुवाती अग्रता लिनुभएको छ । एमालेका थापालाई अहिले  स्वतन्त्र उम्मेद्वार कृष्णप्रसाद पोखरेलले टक्कर दिइरहनु भएको छ ।

एमालेका थापाले १९ सय ७७ मत पाउँदा रास्वपाका पोखरेलले १७ सय १ मत पाउनु भएको छ । प्यूठानमा अहिले नौबहिनीको १, २ र ३ नम्बर वडामा मतगणना भइरहेको छ।

अहिलेसम्म प्युठानमा गठबन्धनकी उम्मेदवार एवं निवर्तमान सांसद दुर्गा पौडेल तेस्रोमा धकेलिनु भएको छ ।

सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी उम्मेदवार पौडेलले अहिलेसम्म ११ सय २८ मत पाउनु भएको छ ।