जनता टाइम्स

६ मंसिर २०७९, मंगलवार १७:४०

ताप्लेजुङमा योगेश भट्टराईको सुरुवाति अग्रता


ताप्लेजुङ, मंसिर ६ । ताप्लेजुङमा प्रतिनिधिसभा तर्फको मतगणनामा नेकपा एमालेका योगेश भट्टराईले प्रारम्भिक अग्रता लिनुभएको छ । फक्ताङलुङ गाउँपालिकाको याङ्मा र ओलाङचुङगोलाको १ सय ९ मत गणना हुँदा योगेशले ६८ मत प्राप्त गर्नुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुडाक्षेत्रीले ३३ मत प्राप्त गर्नुभएको छ । यसैगरी राप्रपाका रामबहादुर कार्कीले २, जसपाका चन्द्र मादेनले १ र लोसपाका चैतन्य प्रकाश केदेमले १ मत प्राप्त गर्नुभएको छ । गणना भएको १ सय ९ मतमध्ये ४ मत बदर भएको छ ।