डोटी, मंसिर ७ । डोटीको प्रदेशसभा क मा नेकपा एमालेका चक्रबहादुर मल्ल विजयी हुनुभएको छ ।
सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका डोटी सभापति नरेन्द्रबहादुर सिंहलाई ४५० मतले पछि पार्दै मल्ल विजयी हुनुभएको हो । मल्लले १५ हजार २७९ मत ल्याउँदा सिंहले १४ हजार ८२९ मत पाउनु भयो ।
यसैगरी हाम्रो नेपाल पार्टीका उम्मेदवार शैलेन्द्र खड्काले ५४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले ७५५ मत प्राप्त गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्