काठमाडौँ, मंसिर ७ । चीनले कुटनीतिज्ञ छन सोङलाई नेपालका लागि राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । परराष्ट्र स्रोतका अनुसार काठमाडौंमा रिक्त रहेको राजदूत पदमा चीनले कूटनीतिज्ञ छन सोङलाई नियुक्त गर्न लागेको हो ।
सोङ हाल चीनको विदेश मन्त्रालयको एसिया मामिला विभागका उपमहानिर्देशकको रुपमा कार्यरत हुनुहुन्छ । उहाँले नेपालसहित दक्षिण एसियाली मुलुकहरू हेर्दै आइरहनु भएको छ । चीनले नेपाललाई प्राथमिकतामा राख्नुका कारणले पनि लामो समय दूतावासको नेतृत्व खाली राख्ने गरेको छैन ।
नयाँ राजदूत छन् नेपालसहित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गतका मुलुकहरूलाई नजिकबाट नियालिरहेका कूटनीतिज्ञ हुनुहुन्छ । होउ यान्छीले नेपालमा चार वर्षे कार्यकाल पूरा गरेर गएपछि चीनले नयाँ राजदूतलाई पठाउन लागेको हो ।













प्रतिक्रिया दिनुहोस्