जनता टाइम्स

७ मंसिर २०७९, बुधबार २०:२७

काभ्रे-२ मा गोकुल बास्कोटाले लिए अग्रता, पछि परे गठबन्धनका हुँमागाई


काठमाडौं, मंसिर ७ । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चार मन्त्री गोकुल बास्कोटाले अन्तिम समयमा अग्रता लिनुभएको छ । मतगणनाको सुरुदेखि नै पछि पर्नुभएका एमाले नेता बास्कोटा काभ्रेपलाञ्चोक २ मा २ सय ७६ मतले अग्रता लिनुभएको हो ।

बेथानचोक गाउँपालिका, बनेपा नगरपालिका र पनौतीका दुई वडाको गणना सकिदा बास्कोटाले २७६ मतको अग्रता लिनुभएको छ । उहाले १७ हजार ३१ मतले अग्रता लिँदा गठबन्धनका उम्मेदवार शिव हुमागाईंले १६ हजार ७७८ मत पाउनु भएको छ ।