जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार ०८:२७

गोकुल बास्कोटाको अग्रता झनै फराकिलो


बनेपा, मंसिर ८ । काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेको नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले आफ्नो अग्रतालाई झनै बढाउनु भएको छ ।

लगातार पछि पर्दै बुधवार साँझबाट अग्रता लिनुभएका बास्कोटाले ११२४ मतले अग्रता लिनुभएको हो । पूर्वमन्त्री बास्कोटाले २२ हजार ४ सय २७ मत पाउनु भएको छ । यस्तै कांग्रेस उम्मेदवार शिव हुमागाइले २१ हजार ३०३ मतका साथ पच्छ्याइरहनु भएको छ ।