काठमाडौं, मंसिर ९ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी ९राप्रपा०ले समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएको छ। पछिल्लो मतपरिणामअनुसार राप्रपाले ३ लाख ३२ हजार ९३१ मत ल्याएको छ। यो मतसँगै राप्रपा समानुपातिकको थ्रेसहोल्ड कटाउने पाँचौं दल बनेको छ ।
पहिलो नम्बरमा रहेको नेकपा एमालेले १४ लाख ३५ हजार ३६९ मत प्राप्त गरेको छ भने दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसले १३ लाख ६६ हजार ७४३ मत प्राप्त गरेको छ।
त्यस्तै तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीले ६ लाख ५३ हजार ३४३ मत प्राप्त गरेको छ भने चौथोमा रहेको नेकपा माओवादी केन्द्रले ६ लाख ११ हजार ५१७ मत प्राप्त गरेको छ।
अहिलेसम्म जनता समाजवादी पार्टी, लोकतान्त्रिक साजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले समानुपातिक थ्रेसहोल्ड कटाउन सकेका छैनन । यसरी यी पाँच दलबाहेक अन्यले थ्रेसहोल्ड कटाउन सकेको छैनन । अहिलेसम्मको संकेत हेर्दा कटाउने संभावना निकै कम देखिएको छ ।














प्रतिक्रिया दिनुहोस्