जनता टाइम्स

११ मंसिर २०७९, आईतवार ०७:०७

महोत्तरी– १ मा एमालेका लक्ष्मी महतो निर्वाचित, गिरिराजमणि पराजित


काठमाडौं, ११ मंसिर । महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो निर्वाचित हुनुभएको छ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेललाई १ हजार ३० मतान्तरले पराजित गर्दै महतो विजयी हुनुभएको हो । महतोले सतारुढ पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएका पोखरेललाई पराजित गर्नुभएको हो । यो क्षेत्रमा लामो समयदेखि पोखरेल जित्दै आउनुभएको थियो । उहाँ ०६४, ०७० र ०७४ मा यही क्षेत्रबाट लगातार विजयी भएपनि यो पटक एमालेले उहाँको जितमा ब्रेक लगाउन सफल बनेको छ ।

प्रतिनिधिसभामा निर्वाचित नेकपा एमाले–जसपा गठबन्धनका महतोले २३ हजार ४०२ मत प्राप्त गर्नुभएको छ भने माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पोखरेलले २२ हजार ३७२ मत ल्याएर पराजित हुनुभएको हो ।