जनता टाइम्स

११ मंसिर २०७९, आईतवार ११:५५

नबिलको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा


काठमाडौं, ११ मंसिर । नबिल बैंकको १ लाख कित्ता संस्थापक शेयर बिक्री आएको छ । बैंकमा हाल कायम संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको १ लाख कित्ता संस्थापक शेयर बिक्री गर्न निवेदन दिएकोले बैंकले उक्त शेयरहरू बिक्री गर्न लागेको जनाएको छ । उक्त शेयर खरिद गर्नको लागि हाल कायम संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आफुले खरिद गर्न चाहेको शेयर संख्या र मूल्य उल्लेख गरि आवेदन दिन बैंकले आग्रह गरेको छ ।

आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, तिनधारा विणामार्ग, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिनुपर्ने बैंकले उल्लेख गरिएको छ । त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम शेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ । संस्थापकको माग आवेदन नआएमा बैंकले सर्वसाधरणको लागि ति शेयर बिक्री गर्नेछ ।