जनता टाइम्स

१४ मंसिर २०७९, बुधबार ०८:५५

कस्तो छ आजको मौसम ?


काठमाडौं, मंसिर १४ । मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । आज दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदलीको सम्भावना छ । बिहीबार प्रदेश १ र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली हुने आकलन गरिएको छ । राति प्रदेश १ र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने ठानिएके छ ।