सुनसरी, मंसिर १४ । सुनसरी क्षेत्र नम्बर ४ मा नेकपा एमालेका नेता जगदीश कुसियतले आफ्नो मतान्तर झनै कम गर्दै लग्नुभएको छ ।
सत्ता गठबन्धनका साझा उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको मतान्तर घटाउँदै लग्नुभएको हो ।
निर्वाचन आयोगले भर्खरै सार्वजनिक गरेको परिणाम अनुसार कुसियतको कार्कीभन्दा ५७ मत मात्रै कम रहेको छ । अहिलेसम्म कार्कीले २७ हजार ४७४ मत पाउनु भएको छ भने कुसियतले २७ हजार ४१७ मत पाउनु भएको छ













प्रतिक्रिया दिनुहोस्