सुनसरी, मंसिर १४ । सुनसरी ४ मा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले पुनः अगैता लिनुभएको छ । अझै छ हजार मत गणना बाँकी रहँदा गठबन्धनका साझा उम्मेदवार कार्कीले नेकपा एमालेका उम्मेदवारभन्दा ९४ मतले पुनः अग्रता लिनुभएको हो ।
पछिल्लो मतगणना जारी रहेको सुनसरी ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की अहिले ९४ मतले अगाडि हुनुहुन्छ । ६ हजार मत गन्न बाँकी हुँदा कार्कीले २८ हजार ९० मत प्राप्त गर्नुभएको छ भने एमालेका जगदिश कुसियैतको २७ हजार ९९६ मत प्राप्त गर्नुभएको छ ।
अब दुई वडाको मत गन्न बाँकी छ। सो वडा एमालेको गढ मानिन्छ ।
प्रतिनिधि सभामा २८ क्षेत्र रहेको प्रदेश १ मा सुनसरी ४ को मात्रै नतिजा आउन बाँकी रहेको छ।













प्रतिक्रिया दिनुहोस्