जनता टाइम्स

२४ मंसिर २०७९, शनिबार १४:१५

झुण्डिएको अवस्थामा मृत भेटिए ‘जर्साप’


काठमाडौं, मंसिर २४ । नेपाली सेनाका पूर्वरथी (जर्साप) बलदेवराज महत मृत अवस्थामा फेला परेका छन् । पाँच वर्षअघि नेपाली सेनाबाट अवकास पाउनु भएका महत शनिबार बिहान मृत भेटिएका हुन् ।

महत बुढानीलकण्ठ ९ मा रहेको सिरडी कोलोनीस्थित आफ्नै निवास झुण्डिएको अवस्थामा भेटिएका हुन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले महतको मृत्युको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।

६२ वर्षीय महतको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको थियो । पोस्टमार्टम सकेर परिवारले महतको शव दाहसंस्कारका लागि बुझेका छन् ।