जनता टाइम्स

२५ मंसिर २०७९, आईतवार २०:३७

खाँडादेवी जेसीजको अध्यक्षमा बिनोद निर्वाचित


काठमाडौं, २५ मंसिर । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशील संस्था खाँडादेवी जेसीज वर्ष २०२३ को अध्यक्षमा विनोद कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । खाँडादेवी जेसीजको माकादुममा सम्पन्न दोस्रो अधिवेशनले अध्यक्षको नेतृत्वमा आगामी एक वर्षको लागि नयाँ नेतृत्व चयन गरिएको हो । वर्ष २०२३ को नयाँ समितिको कार्यकारीणी उपाध्यक्षमा रामकुमार श्रेष्ठ र विपिनराज श्रेष्ठ, उपाध्यक्षहरुमा तेजकुमार श्रेष्ठ, मन्दिरा श्रेष्ठ, अन्जु बोहरा राउत, असिम श्रेष्ठ निर्वाचित हुनुभएको हो ।

खाँडादेवी जेसीजको विधानअनुसार अध्यक्ष १, कार्यकारीणी उपाध्यक्ष २, उपाध्यक्ष ४ गरि ७ जना निर्वाचित तथा महासचिव, कानुनी सल्लाहकार र कोषाध्यक्ष अध्यक्षबाट मनोनित हुने व्यवस्था छ । जस अनुसार नवनिर्वाचित अध्यक्षले वर्ष २०२३ को लागि महासचिवमा सरिता श्रेष्ठ र कोषाध्यक्षमा सुदिप श्रेष्ठलाई मनोनित गर्नुभएको छ ।

खाँडादेवी जेसीज वर्ष २०२२ की अध्यक्ष जेसी सम्झना श्रेष्ठको अध्यक्षता, खाँडादेवी गाउँपालिका उपाध्यक्ष रमा घिसिङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विशेष अतिथिमा मातृत्व शाखा काठमाडौँ जेसीजको वर्ष २०१८ को अध्यक्ष तथा वर्ष २०२२ की International Coordinator जेसीआई सिनेटर इनु थापा र संस्थापक अध्यक्ष होमराज श्रेष्ठको उपस्थिती रहेको थियो । अधिवेशन उद्घाटन समारोहमा प्रमखु अतिथी घिसिङले युवाहरुको नेतृत्व व्यक्तित्व सँगै सामाजिक काममा गर्दै खाँगादेवी जेसीजले उदहरणीय कामहरु गर्दै आएको खुसी व्यक्त गर्नुभयो ।

वर्ष २०२३ को पदाधिकारीहरुः
अध्यक्ष : जेसी बिनोद कुमार श्रेष्ठ
कार्यकारिणी उपाध्यक्ष : जेसी रामकुमार श्रेष्ठ
कार्यकारिणी उपाध्यक्ष : जेसी बिपिन श्रेष्ठ
महासचिव : जेसी सरिता श्रेष्ठ
कोषाध्यक्ष : जेसी सुदिप श्रेष्ठ
उपाध्यक्ष : जेसी तेजकुमार श्रेष्ठ
उपाध्यक्ष : जेसी मन्दिरा श्रेष्ठ
उपाध्यक्ष : जेसी अन्जु बोहरा राउत
उपाध्यक्ष : जेसी असीम श्रेष्ठ
सह सचिव : जेसी बिन्देश्वर श्रेष्ठ
सह कोषाध्यक्ष : जेसी प्रेम श्रेष्ठ
तालिम संयोजक : जेसी दिपक राउत
शाखा संयोजक : जेसी सन्दिप श्रेष्ठ