जनता टाइम्स

२८ मंसिर २०७९, बुधबार १६:४६

जरिवाना मिनाहाको माग राखेर आयोगमा बालेन साहको निवेदन


काठमाडौं, २८ मंसिर । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले जरिवाना मिनाहाको माग राखेर निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित साहले तोकिएको समयमा खर्च विवरण बुझाएनन् ।

तोकिएको समय ३० दिनभित्रमा खर्च विवरण नबुझाएको भन्दै आयोगले साहलाई साढे ७ लाख रुपैयाँ जरिवाना तोकेको छ ।

उक्त जरिवाना ६ महिनाभित्र नबुझाएमा महानगर प्रमुखको पद नै खारेज हुने भएकाले साहले आयोगमा जरिवाना मिनाहाको निवेदन दिनुभएको हो । आयोगमा खर्च विवरण नबुझाउनुभएको बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत भने सार्वजनिक गरिसक्नुभएको छ ।