जनता टाइम्स

२९ मंसिर २०७९, बिहीबार १७:२३

ट्राफिक प्रहरीको सक्रियतामा फिर्ता भयो ट्याक्सीमा छुटेको ल्यापटप


काठमाडौं, मंसिर २९ । काठमाडौंमा ट्याक्सी चढ्ने क्रममा छुटेको ल्यापटप ट्राफिक प्रहरीले खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

बिहीबार दिउँसो अन्दाजी १ बजेको समयमा एयरपोर्टदेखि बानेश्वर हाइट थापागाउँ सम्म यात्रा गर्ने क्रममा बा २ ज ११८० नम्बरको भाडाकारमा दुर्गा पंछाईको ल्यापटप छुटेको थियो।

उहाँले दिएको निवेदनका आधारमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले खोजतलास गर्दा चालकको साथबाट ल्यापटपसहितको झोला फेला परेको थियो।

उक्त ल्यापटपको सम्बन्धित धनीको पहिचान गरी आजै उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा हस्तान्तरण गरेको ट्राफिक प्रहरीले जनाएको छ।