काठमाडौं, ३ पुस। नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति बनाएको छ तर निर्वाचनको मिति भने चयन गरिएको छैन ।
सानेपामा आज बसेको कार्यसम्पादन समिति बैठकले भीष्मराज आङ्देम्बे संयोजक रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो । समितिको सदस्यहरूमा पुष्पा भुसाल र प्रकाश स्नेही हुनुहुन्छ । । ढिलोमा बुधबारसम्म दलको नेता चयनको प्रक्रिया टुंगिने प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्