काठमाडौं, ३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि चीनका कार्यवहाक राजदूत वाङ सिनबीच भेटवार्ता भएको छ । अध्यक्ष लिङ्देनलाई भेट्नका लागि कार्यवहाक राजदूत वाङ शनिबार दिउँसो राप्रपाको पार्टी कार्यलय पुग्नुभएको थियो ।
भेटका क्रममा वाङले अध्यक्ष लिङ्देनलाई प्रतिनिधिसभा निर्वाचनमा जित हासिल गरेकोमा बधाई दिएको राप्रपाका प्रवक्ता मोहनकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । यसका साथै उहाँहरूबीच समसामयीक विषयमा कुरा भएको बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्