जनता टाइम्स

४ पुष २०७९, सोमबार २२:१०

पार्टीको अवस्था अत्यन्त कमजोर भन्दै माओवादी केन्द्रका जिल्ला इन्चार्जद्वारा राजीनामा


काठमाडौं, ४ पुस । नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज एवं मुस्लिम मुक्ति मोर्चाका इन्चार्ज हकिकुल्ला खाँले पदबाट राजीनामा दिनुभएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका खाँले रुपन्देहीमा पार्टीको अवस्था अत्यन्त कमजोर भएको र गएको निर्वाचनमा माओवादीका उम्मेदवारहरूलाई विजयी गराउन नसकेको भन्दै राजीनामा दिनुभएको हो ।

रुपन्देहीमा एक जना पनि प्रत्यक्षतर्फ उम्मेदवार विजयी गराउन नसकिएको र समानुपातिकमा पनि २०७४ सालको निर्वाचनमा भन्दा निकै कम मत आएको तथा मुस्लिम क्लस्टर नै कोल्याप्स भएकाले नैतिक रुपमा पार्टीको नेतृत्वमा रहिरहन नमिल्ने भएकाले आफूले पदबाट राजीनामा दिएको उहाँले बताउनुभयो ।