जनता टाइम्स

१० पुष २०७९, आईतवार १४:०७

बालकोटतिर धाउनेको लर्काे : प्रचण्ड पुग्नुअगावै बालकोट पुगे राजेन्द्र लिङदेन र रवि लामिछाने


काठमाडौं, पुस १० । सरकार गठनको अन्तिम दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा राजनीतिक दलका नेताहरुको लर्काे देखिएको छ ।

बालुवाटारमा सत्ता गठबन्धन टुटेको घोषणा गरी बालकोट जाने निर्णय लिनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुग्नुअगावै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पुग्नुभएको छ ।

ओलीका सचिवालय सदस्य रामशरण बजगाईका अनुसार राप्रपा अध्यक्ष लिङदेन भेटबार्ता सकेर फर्कनुभएलगत्तै रास्वपा अध्यक्ष रवि लामिछाने बालकोट पुग्नुभएको छ । प्रचण्ड केही बेरमा बालकोट पुग्न लाग्नुभएको छ ।