जनता टाइम्स

११ पुष २०७९, सोमबार १२:४९

नारायणकाजीलाई उपप्रधानमन्त्री बनाउने माओवादीको निर्णय


काठमाडौं, ११ पुस । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले सोमबार श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।

श्रेष्ठलाई कुन मन्त्रालय दिने भन्ने नटुंगिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । श्रेष्ठले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै आज अपरान्ह शपथ ग्रहण गर्नुहुनेछ ।