काठमाडौं, १४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा जाने भएको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले न्यूनतम साझा कार्यक्रममा सहमति भए सरकारमा जाने निर्णय गरेको हो ।
धुम्बाराहीमा रहेको पार्टी कार्यालयमा हिजो बसेको बैठकले सरकारमा सहभागी राजनीतिक दलका न्यूनतम साझा कार्यक्रमको अध्ययन गरेपछि मात्र पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकमा धेरैजसो नेताले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको अवस्थामा सरकारमा सहभागी हुनुपर्ने सुझाव दिएपछि सरकारमा जानुपर्ने धारणा राखेका थिए ।राप्रपाले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिनुपर्ने, मन्त्रिपरिषदबाट हुने विवादित निर्णय पनि अख्तियारबाट छानबिनको दायरामा ल्याउनुपर्नेलगायतका सर्त सरकारसँग राख्ने निर्णय गरेको छ । संघीय संसदमा १४ सिट रहेको राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ । पुस १० गते नयाँ सरकार गठनका क्रममा प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरे पनि राप्रपाले सरकारमा सहभागी नहुने जनाएको थियो ।













प्रतिक्रिया दिनुहोस्