जनता टाइम्स

१५ पुष २०७९, शुक्रबार १३:२८

नरेन्द्र मोदीको आमाको निधनप्रति प्रधानमन्त्री प्रचण्डको दुःख व्यक्त


काठमाडौं, १५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय नरेन्द्र मोदीकी आमा हिराबेन मोदीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले शुक्रबार एक शोक सन्देशमार्फत प्रधानमन्त्री मोदी र उनको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

साथै उहाँले दिवंगत हिराबेनको आत्माको चिरशान्तिको कामना पनि गर्नुभएको छ । भारतीय प्रधानमन्त्री मोदीकी आमा हिराबेनको आज ९९ वर्षको उमेरमा निधन भएको हो । मोदीले आमाले शानदार शताब्दी उमेर जिएको भन्दै भावुक ट्विट लेख्नुभएको छ ।