जनता टाइम्स

१५ पुष २०७९, शुक्रबार १४:५०

भारतीय प्रधानमन्त्री मोदीलाई एमाले अध्यक्ष ओलीको समवेदना


काठमाडौं, पुस १५ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आमाको निधनप्रति दुःख प्रकट गर्नुभएको छ ।

ओलीले सामाजिक सञ्जालमार्फत मोदीको आमाको निधनप्रति दुःख ब्यक्त गर्दै समवेदना प्रकट गर्नुभएको छ ।

अध्यक्ष ओलीले भन्नुभएको छ, मेरा मित्र, भारतका सम्माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीकी ममतामयी माताको निधनले दु:खी छु । दिवंगत माताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मातृशोकमा पर्नु भएका @narendramodi जी लगायत परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।