काठमाडौं, १६ पुस । तेस्रो पटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकाल देश, जनताको पक्षमा, सुसासन र विकासको पक्षमा खर्चने बताउनुभएको छ । चितवनमा आज आयोजित कार्यक्रममा उहाँले बाँकी जीवन नेपाल र नेपाली जनताको पक्षमा बिताउने योजना बताएको पनि बताउनुभयो ।
कार्यक्रममा उहाँले यस कार्यकालमा भाषण कम, जनताको काम धेरै गरेर जनताको सेवक बन्ने प्रतिज्ञा गरेको घोषणा पनि गर्नुभयो ।
प्रधानमन्त्रीको सपथ ग्रहणलगत्तै सम्पन्न मन्त्रपरिषद्को पहिलो बैठकमै देशमा जारी आर्थिक संकट टार्न आवश्यक पहल गरेको पनि उहाँले बताउनुभयो । साथै, अब देशमा व्याप्त भ्रष्ट्रचार, अनियमितता हटाइ सुसासन कायम गर्ने पक्षमा रहेको उहाँले बताउनुभयो । जनतालाई पीरमर्का पर्ने कुनै पनि काम नगर्ने उनले प्रतिज्ञा पनि गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्