काठमाडौं, पुस २१ । बागमती प्रदेशमा सरकार गठनका लागि आह्वान गरिएको छ। बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुस २५ गते अपरान्ह ४ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गर्नुभएको हो ।
प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गर्नुभएको हो । बागमती प्रदेशको मुख्यमन्त्री नियुक्ति गर्नका लागि नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम कुनै पनि दलको स्पस्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियु्क्त गर्नका लागि दावी पेश आह्वान गरिएको हो।
बागमती प्रदेशसभामा ११० सदस्य छन्। जसमध्ये नेपाली कांग्रेसका ३७, एमालेका २७,माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो पार्टीका २ जना सांसद छन्।
बागती प्रदेशको एकसय दश प्रदेशसभा सदस्यमध्ये सरकार बनाउन ५६ सदस्यको समर्थन चाहिन्छ । केन्द्रीय सत्तासमीकरण अनुसार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा मात्र मिल्दा पनि बागमती प्रदेशमा सहजै सरकार बन्नसक्ने स्थिति छ ।













प्रतिक्रिया दिनुहोस्