काठमाडौं,२५ पुस । लोकतान्त्रिक समाजवादीका नेता शरदसिंह भण्डारीले संसदमा बल्ल जनताको आवाज प्रतिध्वनि भएको बताउनुभएको छ ।
उनले सोमबार (आज)बाट सुरु भएको प्रतिनिधिसभाको बैठकमा यसपटक भने जनताको आवाज प्रतिध्वनि भएको बताउनुभएको हो । यसरी संसदमा जनताको आवाज प्रतिध्वनि भएमा जनताको आक्रोश सडकमा नपोखिने उहाँको भनाइ छ ।
सबै दलहरूलाई एक स्थानमा उभिएर समस्या समाधान गर्न जनताले मत दिएको बताउँदै उहाँले संविधानले प्रत्याभूत गरेअनुसार काम गर्नुपर्ने बताउनुभयो । अन्यथा नयाँ दल र युवालाई समेत जनताले विश्वास गर्न सक्ने अवस्था पनि नरहने उहाँको भनाई थियो ।
भ्रष्टाचार अन्त्यका लागि आफ्नो पार्टीले सहयोग गर्ने उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्