काठमाडौं, पुस २६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डसँगै एउटा सर्त राखेर बिश्वासको मत दिने निर्णय लिनुभएको तथ्य खुलेको छ ।
राष्ट्रपति र प्रधानमन्त्री दुवै पद आफ्नो दललाई चाहिने कांग्रेसको अडानपछि नेकपा एमाले नेतृत्वको गठबन्धनमा सहभागी भई प्रधानमन्त्री बन्नुभएका प्रचण्डलाई आफू नेतृत्वको सरकारका पालामा नियुक्त भएका ब्यक्तिहरुलाई नहटाउने सर्तमा कांग्रेसले बिश्वासको मत दिएको तथ्य खुलेको हो ।
प्रतिनिधिसभाको सवैभन्दा ठूलो दल कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा नबसी आज प्रधानमन्त्री प्रचण्डलाई बिश्वासको मत दिएको छ । सो गर्नुमा देउवाले प्रधानमन्त्री प्रचण्डलाई गठबन्धनका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मनाएर राजदूतदेखि आफूले नियुक्त गरेको मानिसलाई नहटाउने सर्त राखेर मत दिनुभएको हो ।
‘देउवाले आफ्नो पालामा नियुक्त भएका आफ्ना मानिसलाई नहटाउने सर्त राखेर बिश्वासको मत दिने निर्णय लिनुभएको पाइयो । उहाँले प्रधानमन्त्रीले बिश्वासको मत माग्दा नै मेरो मानिस नहटाउनुस, बिश्वासको मत दिन्छु भन्नुभएको हो,’ देउवा निकट एक नेताले जनताटाइम्स डटकमसँग भने । देउवा नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रसमेत रहेको भन्दै उहाँले आफ्नो पालामा नियुक्त राजदूतदेखि सवै अधिकारीहरुलाई नहटाउन भन्नुभएको हो ।

देउवाको पालामा राजदूत फिर्तादेखि सरकारी निकायमा भर्ती केन्द्र बनाइएको थियो । राजदूतबाहेक एकाध पदमा मात्रै माओवादी र अन्य दलका मानिस नियुक्त भएको कारण देउवाले यस्तो रणनीति लिनुभएको उहाँ निकट अर्का नेताले बताए । बिश्वासको मत लिएपछि प्रधानमन्त्री प्रचण्डले भने कांग्रेससँग कुनै सहमति नभएको बताउनु भएको छ । तर कांग्रेस नेताहरु भने आफ्ना मानिस जोगाउने सर्तमा बिश्वासको मत दिइएको तथ्य खोलेका हुन ।













प्रतिक्रिया दिनुहोस्