जनता टाइम्स

२९ पुष २०७९, शुक्रबार १४:५४

बागमती प्रदेश सभामुखमा भुवन पाठक निर्वाचित


काठमाडौं, २९ पुस । बागमती प्रदेश सभा सभामुखमा राप्रपाका भुवन पाठक निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार पाठक ६२ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँको विपक्षमा ४९ मत परेको छ भने सातजना प्रदेशसभा सदस्य तटस्थ बन्नुभएको छ ।

आजै बागमती प्रदेशसभाले प्रमुख विपक्षी नेपाली कांग्रेसका शिवराज अधिकारी र नेमकिपाकी सृजना सयजुलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

पाठकलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत सत्तारुढ गठबन्धनको समर्थन रहेको थियो । बाग्मती प्रदेश सभाका लागि तीन जनाको उम्मेदवारी परेको थियो । दुवै उम्मेदवार अस्विकृत भएपछि भएको मतदान प्रक्रियावाट पाठक सभामुखमा निर्वाचित हुनुभएको हो ।