जनता टाइम्स

१ माघ २०७९, आईतवार ०९:२९

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीबाट मकर सङ्क्रान्तिको शुभकामना


काठमाडौं, १ माघ ।  नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको पर्व मकर संक्रान्तिर माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्नूभएको छ। अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको हो ।

अध्यक्ष ओलीले शुभकामना दिँदै भन्नुभएको छ – मकर संक्रान्ति/ माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना !

माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारू समुदायले माघीलाई नयाँ वर्षका रुपमा पनि मान्ने गर्छन् ।  मगर समुदायले पनि यसलाईआफ्नो मुख्य चाडको रूपमा धुमधामका साथ मनाउँछन् ।हिमाल, पहाड र तराईका बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ आदि जातजातिले यस पर्वलाई आआफ्ना परम्परा, भिन्न(भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् ।