जनता टाइम्स

२ माघ २०७९, सोमबार १२:१७

कर्णालीमा दलिय आडमा ठेक्का लिदै ,अलपत्र पार्दै


सुर्खेत, १ माघ । जाजरकोटको जिल्ला भरी विद्युतीकरण गर्ने भन्दै पाँच वर्ष अगाडी लगाएको ठेक्काको काम अहिले सम्म पुरा नहुँदा जिल्लामा विद्युतीकरणमा समस्य देखिएको छ । जिल्लामा विद्युतीकरण गर्ने भन्दै आर्थिक वर्ष २०७५र ७६ मा लिएको ठेक्काहरु अहिले सम्मा निर्माण नभएका हुन् ।

एक वर्ष भित्र पुरा गर्ने सम्झौता गरेर सामग्री सहित बुझि अहिले सम्मा काम नगर्दा जिल्लामा विद्युतीकरणको काम अलपत्र परेको हो । प्रदेश कार्यालय र जिल्ला कार्यालयले गरेका छुट्टा , छुटै ठेक्काका कामहरु अहिले सम्मा नहुँदा सर्वसाधारणले विजुली बाल्न पाउनुभएको छैन । नेपाली कांग्रेस जिल्ला कमिटिका सदस्य शान्तबहादुर बस्नेतको मालिका निर्माण सेवा कार्कीगाउँ ७ ले छेडागाड नगरपालिकाको मनघाट देखि सुवाडा सम्म प्रशारण लाइन निर्माणको जिम्मेवारी लिनुभएको थियो । त्यस्तै उनले छेडागाड नगरपालिकाको थलह देखि जुनिचाँदे गाउँपालिका सम्मा विद्युतको प्रशारण लाइन जोडनका लागि अर्को ठेक्का समेत लिएर काम नगर्नुभएको हो ।

त्यस्तै नेपाली कांग्रेसका उपसभापति तेजविक्रम शाहको शाइ बाबा एण्ड तारा कन्टक्सन खलंगा– २ ले कुशे गाउँपालिकको पाँचकाटिया देखि खुर्पा समकोट सम्मा प्रशारण लाइन निर्माणको जिम्मेवारी लिनुभएको थियो। त्यस्तै उहाँले पाँचकाटिया देखि किट्नी नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली, दल्लीबाट बारेकोट गाउँपालिकाको सक्ला हुँदै प्रशासकीय केन्द्र लिम्सासम्म र लिम्सा देखि बारेकोटसम्म एक वर्ष भित्र विद्युतको प्रशारण लाइन निर्माणको जिम्मेवारी लिनुभएको थियो ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) का नेता बीरबहादुर बस्नेतको मुक्ति निर्माण सेवा खलंगाले शिवालय देखि नाहाडा सम्मा लिनुभएको ठेक्काको काम समेत हुन सकेको छैन । उहाँले आर्थिक वर्ष २०७६र ७७ मा ठेक्का लिएका थिए । त्यस्तै रमण निर्माण सेवाले लिएको कामको जिम्मेवारी ९५ प्रतिशत सकेको छ । उहाँले नलगाड नगरपालिका –७ दल्ली देखि वडा नम्वर ११ तल्लु सम्मा प्रशारण लाइनको काम लिनुभएको थियो ।

त्यस्तै राप्रपाका नेता कृृष्णविक्रम शाह (निर्माण व्यवसायी अध्यक्ष) को डाँफे निर्माण सेवाले थलह देखि टालेगाउँ अछानी सम् विद्युत प्रशारण लाइन निर्माणको जिम्मेवारी लिएकोमा काम ९७ प्रतिशत पुरा गरेको छ । विजयश्वारी निर्माण सेवाका प्रमुख नेकपा एमाले जिल्ला कमिटिका उपाध्यक्ष गोपाल बटालाकी श्रीमती (बुद्धीकुमारी श्रेष्ठ) को नाममा रहेको सेवाले आर्थिक वर्ष २०७६–७७ मा लिएको सुवानाउली देखि गर्खाकोट सम्माको ठेक्काको काम समेत आधा भएको छ । आधा काम अझैँ अलपत्र परेको नेपाल विद्युत प्राधिकरण जाजकोटका प्रमुख अविशेक कुमार कलवारले जानकारी दिनुभयो ।

कार्यालयले गरेको ताकेता बारे कसैले टेर्देनन

नेपाल विद्युत प्राद्यिकरणले निर्माणको जिम्मेवारी लिएका निर्माण व्यवसायीलाई पटक, पटक लिखित, मौखिम जानकारी गराउदा पनि समयका काम गर्ने तर्फ ध्यान कसैले पनि नलिएको पाइएको छ । कार्यालयबाट तार, पोल र अन्य सामग्री बुझेर सम्वन्धित ठाउँमा प्रयोग नगर्दा ति विद्युतीय सामग्रीहरु कुन अवस्था छन् भन्ने कुराको टुंगो समेत लागेको छैन ।

केही बाटोमा जथाभावी फाँकिदा खोला , खाल्सामा पुरिएका र केही खोलाले बगाइसकेको अवस्थामा रहेको छ । सरकारी सम्पती यसरी जथभावी गर्दा पनि ठेकेदारलाई संरक्षण गर्ने नेताहरु कोही पनि बोल्दैनन् । तीन वर्ष अघि जिल्लामा विद्युत सेवा सञ्चालन भइसक्नु पर्ने भएपनि अहिले सम्मा काम पुरा नहुँदा एक चौथाइ समेत विद्युतको पहुँचमा आउन सकेको छैन ।

आर्थिक वर्षमा जाजरकोटमा ग्राहक संख्य समेत थपिएको छ । मोर्क , शिवालय, इवर , बुरुङ्गे , काफलचौर छिप्रेना , रिम्ना , रिसाङ, पोख्रा, लहँ, बाउलीखोला, थहल, मैदे पिपे लगाएतका ठाउँमा बत्ती बल्दा ग्राहक संख्य बढेको प्रमुख कलवारले जानकारी दिए । उनका अनुसार ३ हजार ८२३ बाट ६ हजार २०० ग्राहक संख्या पुगेको छ ।