वीरगञ्ज, २ पुस । प्रहरीले वीरगञ्ज महानगरपालिकामा सञ्चालित एक ट्रान्सपोर्ट सिल गरेको छ । वीरगञ्ज–१० आदर्शनगरस्थित राजेश मल्लिकले सञ्चालन गरेको श्री पाथिभरा ट्रान्सपोर्ट सिल गरिएको हो ।
सोमबार बिहान ९राति करिब १ बजे० छापामारीको क्रममा भन्सार छलीका अवैध मालसमान राखेको पाइएपछि ट्रान्सपोर्ट सिल गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
‘भन्सार छलीका समान छ भन्ने सूचना आएपछि ट्रान्सपोर्टमा राति नै छापमारी गरिएको थियो,’ उहाले भन्नुभयो , ‘बिल बिजकविनाको सामान भेटिएको छ, सिल गरेर राखेका छौं ।’गोदाममा बिल बिजक नभएको अन्दाजी ३ लाख रुपैयाँको सामान हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।
आन्तरिक राजश्व कार्यालय पर्साको टोलीसहित गएर मंगलबार थप अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउने तयारी प्रहरीले गरेको छ ।भन्सार छली गरी भित्र्याइएका सामान लोड गरेर अन्यत्रै लैजान लागेको सूचना पाएपछि प्रहरीको टोली ट्रान्सपोर्टको गोदाममा पुगेको थियो ।वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ल नेतृत्वको टोली ट्रान्सपोर्टको गोदाममा पुगेर चेकजाँच गरेको थियो । गोदाममा बिल बिजक बिनाका कपडाको पोका तथा अन्य शंकास्पद बिलबिजक भएका हार्डवेयर, लत्ताकपडा तथा चकलेटका सामानहरु फेला परेको मल्लले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्