जनता टाइम्स

५ माघ २०७९, बिहीबार ११:३०

सभामुख छान्न प्रतिनिधिसभाको बैठक सुरु (लाईभ)


काठमाडौं, माघ ५ । सभामुख चयनका लागि प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सभामुख चयनको कार्यसूची रहेको बिहीबारको बैठक सुरू भएको हो ।

सभामुखका लागि सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका सांसद एवं स्थायी कमिटी सदस्य देवराज घिमिरे र विपक्षी दल कांग्रेसबाट ईश्वरीदेवी न्यौपानेले उम्मेदवार हुनुहुन्छ । घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने हुनुहुन्छ ।

यस्तै न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा, समर्थकमा प्रकाश ज्वाला हुनुहुन्छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा सभामुख जित्न १ सय ३८ मत आवश्यक पर्छ । एमालेका घिमिरेका लागि सत्ता गठबन्धनसँग सुविधाजनक बहुमत रहेको छ ।