जनता टाइम्स

७ माघ २०७९, शनिबार १२:५५

उपसभामुखका लागि आज मतदान हुँदै


काठमाडौं, ७ माघ । प्रतिनिधि सभा उपसभामुखको लागि आज मतदान हुँदै छ । प्रतिनिधि सभाको आज बस्ने बैठकले उपसभामुख चयन गर्न लागेको हो । बैठक आज दिउँसो १ बजे बोलाइएको छ ।

उपसभामुखका लागि २ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराउनुभएको छ ।