जनता टाइम्स

१७ माघ २०७९, मंगलवार १५:४८

माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा विशेष छुट


काठमाडौं, माघ १७ । माछापुच्छ्रे बैंक लिमिटेडले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सीजी डिजिटलका आउटलेटमा विशेष छुट योजना संचालनमा ल्याएको छ ।

जस अन्तर्गत बैंकका ग्राहकले देशैभर रहेका सिजी डिजिटलबाट इलेक्ट्रोनिक सामाग्री खरिद गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । यो सुविधा बैंकका ग्राहकलाई २०७९ फागुन १५ गते सम्म मात्र कायम रहनेछ । बैंकले आफ्ना डेबिट÷क्रेडिटकार्ड प्रयोगकर्ताहरुलाई मध्यनजर गर्दै उक्त सुविधा संचालनमा ल्याएको हो ।

डिजिटल कारोबारलाई बढावा दिन बैंकले देशभर रहेका विभिन्न संघ संस्था तथा व्यापार व्यवसायसंग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकहरुलाई आकर्षक सुविधा प्रदानगर्दै आएको छ ।

बैंकका अनुसार माछापुच्छ्रे बैंक लिमिटेडका क्रेडिटकार्ड प्रयोगकर्ताले सून्य प्रतिशत इएमआई भुक्तानीबाट पनि सीजी डिजिटलका इलेक्ट्रोनिक सामाग्री खरिद गर्न सक्नेछन ।