जनता टाइम्स

१९ माघ २०७९, बिहीबार ११:३८

राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने कांग्रेसको निर्णय


काठमाडौं, माघ १९ । नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहीबार बिहान बसेको संदीय दल कार्यसमितिको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदावारी दिने निर्णय गरेको कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिनुभयो।

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुँदैछ। ‘राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय भएको छ। यसबारे अन्य दलहरूसँग छलफल गरेर अघि बढ्छौं,’ बैठकपछि लेखकले भन्नुभयो । बैठकले कांग्रेस संसदीय दलको बैठक माघ २६ गते बोलाउने निर्णय पनि गरेको छ।