जनता टाइम्स

२२ माघ २०७९, आईतवार १९:२६

तस्विरमा प्रेस चौतारीको २५औं स्थापना दिवस (फोटोपिचर)


काठमाडौं, माघ २२ । प्रेस चौतारी नेपालले आफ्नो २५औं स्थापना दिवस बिशेष कार्यक्रम आयोजना गरी मनाएको छ ।

स्थापना दिवसको अवसरमा आज केन्द्रीय कार्यालयले उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलको प्रमुख आतिथ्यता र नेकपा एमालेका उपमहासचिव तथा इञ्चार्ज पृथ्वीसुब्बा गुरुङको बिशेष आतिथ्यतामा काठमाडौंमा पुरस्कार बितरण गरेको छ ।

जसअनुसार यस बर्षको हृदयचन्द्र सिंह प्रधान पत्रकारिता पुरस्कार पूर्वअध्यक्ष डा बालकृष्ण चापागाई, अग्निशिखा पत्रकारिता पुरस्कार कृष्ण केसी, बीरेन्द्रकुमार साह क्रियाशिल पत्रकारिता पुरस्कार बाराका लक्ष्मी साह, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार दैलेखका याम शर्मा, पद्मलक्ष्मी–साबित्री बस्नेत पत्रकारिता पुरस्कार सुनसरीका लिलाराज भट्टराई र चन्द न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार डडेलधुराकी ममता भट्टलाई प्रदान गरिएको छ । उपप्रधान तथा अर्थमन्त्री पौडेल र एमाले उपमहासचिव गुरुङले पुरस्कार प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा एमाले स्थायी समिति सदस्य भानुभक्त ढकाल, प्रेस चौतारीका सहइञ्चाज बिष्णु रिजाल, केन्द्रीय सदस्य रचना खडका, बरिष्ठ पत्रकार गोपाल थपलिया, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल, प्रेस सेन्टरका अध्यक्ष बिष्णु सापकोटा, प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारी, अकोर्यावका कोषाध्यक्ष सरोज पौडेल, बानका अध्यक्ष कुमार भट्टराई, सञ्चारिका समुहकी अध्यक्ष बिमला तुम्खेवाले शुभकामना मन्तब्य राख्नुभएको थियो ।