काठमाडौं, माघ २३ । नेपाल विद्यार्थी संघका दुई समूहबीच मीनभवन क्याम्पसमा कुटाकुट भएको छ । दुई समुह एकआपसमा ढुङ्गा हानाहानमा उत्रिएको हो ।
संस्थापन र इतर पक्षका दुई समुहबीच झगडा हुँदा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । ‘ढुङ्गा हानाहान भएपछि अन्य विभिन्न इकाईबाट टोली खटाएका छौं,‘जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले भन्नुभयोे ,‘स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’
डा. शेखर कोइराला–गगन थापा पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेपछि ढुंगा हानाहान भएको हो । उक्त भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि झडपको स्थिति आएको शेखर–पक्षका विद्यार्थी नेता धर्मराज शाहीले जानकारी दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्