जनता टाइम्स

२३ माघ २०७९, सोमबार १८:३३

बलात्कार आरोपी मनोज पाण्डेलाई ७ वर्ष कैद र ७५ हजार क्षतिपूर्तिको सजाय


काठमाडौं, माघ २३ । जिल्ला अदालत काठमाडौंले बलात्कार अभियोग लागेका मनोज पाण्डेलाई सात वर्ष कैद सजाय भएको छ। सौन्दर्य प्रतियोगितामा बालिकामाथि बलात्कार गरेको आरोपमा काठमाडौं जिल्ला अदालतले सात वर्ष कैद र ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने सजाय सुनाएको हो।

न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई उक्त सजाय तोकिएको हो। यसअघि जिल्लाले बालयौन दुर्व्यवहारमा ६ महिना कैद र ५० हजार जरिवाना तोकेको थियो।

एक युवतीले आफू नाबालिग हुँदा ८ वर्षअघि एक सौन्दर्य प्रतियोगिताका क्रममा पाण्डेले बलात्कार गरेको आरोप लगाएकी थिइन्। ती युवतीले पाण्डेले आफूले मात्र नभई अन्यलाई समेत बलात्कार गर्न लगाएको आरोप पनि लगाएकी थिइन ।