काठमाडौं, २७ माघ । भारतीय बिदेश सचिव मोहन क्वात्रा तीन दिने भ्रमणका लागि नेपाल आउनुहुने भएको छ । आगामी १ फागुन, सोमवार उहाँ नेपाल आउन लाग्नुभएको हो ।
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लाग्नुभएका बिदेश सचिव क्वात्राले आफनो तीन दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नुहुनेछ ।
सो अवसरमा बिदेश सचिव क्वात्राले नेपालको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको निम्तो दिनुहुनेछ ।













प्रतिक्रिया दिनुहोस्