जनता टाइम्स

२८ माघ २०७९, शनिबार १४:३६

एमाले उम्मेदवारलाई भोट नदिने माओवादी मन्त्रीको राजीनामा


बाँके, २८ माघ । माओवादीका तर्फबाट लुम्बिनी प्रदेशको मन्त्री बनेकी कृष्णा केसीले पदबाट राजीनामा दिनुभएको छ । उहाँले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाउनुभएको हो ।

उनले पदबाट राजीनामा किन दिनुभयो ? भन्ने वारे भने दुई थरी मत छन् । एकथरी उहाँले गत माघ २५ मा भएको राष्ट्रियसभा निर्वाचनमा सत्तागठबन्धनका तर्फबाट एमाले उम्मेदवार कुमार दसौदीलाई मतदान नगरी कांग्रेसलाई सघाएकाले माओवादी प्रदेश कमिटीले राजीनामा गर्न लगाएको बताउनुहुन्छ । अर्कोथरी मन्त्री पदको सपथ ग्रहण गरे पनि विभागमा चित्त नबुझेर विनाविभागिय रहनु भएकी उहाँले आफूले पाउने मन्त्रालयमा चित्त नबुझाएकाले राजीनामा आएको बताउनुहुन्छ ।

उहाँले कारवाही गरिएको बताउने समूहले उहाँलाई थप कारवाहीका लगि केन्द्रमा लेखी पठाएको बताएको छ । केही माओवादी नेता भने उहाँले मन्त्रालयका विषयमा चित्त नकुझेर राजीनामा दिएको बताउनुहुन्छ । पार्टी केन्द्रीय सदस्यसमेत रहनुभएकी केसीले भने मन्त्री पदबाट राजीनामा दिएपछि मोवाइलको स्विच अफ गर्नुभएको छ ।