काठमाडौं, २८ माघ । नागरिक उन्मुक्ति पार्टीका सात सांसद अनुपस्थित हुँदा ढलेको एमाले नेतृत्वको सुदूरपश्चिम सरकारमा आफूले नै ढालेकोजस्तो गरी नेकपा (एस)का अध्यक्ष माधव नेपालले मुखमिठ्याँएका छन् । लामो समय एमालेको नेतृत्व गर्नुभएका नेपाल अहिले सुदरुपश्चिम प्रदेशमा एउटा मन्त्री पाउँदा के–के न गरेको जसरी मुख मिठ्याँउने अवस्थामा पुग्नुभएको हो ।
काठमाडौंमा शनिबार एक कार्यक्रममा नेता नेपालले भन्नुभयो ‘हामीलाई राष्ट्रिय राजनीतिमा छैन भनेको होइन ? सुदूरपश्चिम सरकारमा हेरे हुन्छ । यो काष्टिङ मात्र हो ।’ सिंगो मुलुकको नेतृत्व गर्नुभएका र सधैं केन्द्रीय राजनीतिमा मुख्य भूमिकामा रहनुभएका नेता नेपाल मुख्य भूमिकामा नहुँदा कति छटपटिनुभएको रहेछ भन्ने उहाँको भनाईले नै झल्कन्थ्यो । उहाँले सोही शैलीमा भन्नुभयो ‘आफ्नो पार्टीको राष्ट्रिय भूमिका केही छैन भन्नेहरुलाई देखाइदियौं ।’
बहुमत ल्याएर सिंगो राष्ट्रको नेतृत्व गर्नु पर्ने पार्टीका नेता एउटा प्रदेशमा एउटा मन्त्री पाउँदा पनि के–के न गर्यौं जसरी कार्यकर्तालाई हौस्यारहनुले पनि उहाँभित्रको जलन देख्न सकिन्थ्यो । आफू उदाउनु होइन लामो समय आफैले नेतृत्व गरेको पार्टी एमालेलाई सानो धक्का त्यो पनि अर्कैले दिदां उहाँको खुसी थामिनसक्नु छ । यही खुसी व्यक्त गर्दै उहाँले भन्नुभयो ‘ एकीकृत समाजवादी प्रदेश सरकारमा रहनु नै एमालेका लागि धक्का हो ।’













प्रतिक्रिया दिनुहोस्