जनता टाइम्स

२९ माघ २०७९, आईतवार १३:४५

पुरानो हिसाबले अब चल्दैन, नयाँ भूमिका खोजौँ : भानुभक्त ढकाल 


वीरगञ्ज, माघ २९ नेकपा एमाले स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले पार्टी जनवर्गीयसंगठनका कमिटीहरू ठुला भन्दा पनि गुणस्तरीय हुनुपर्ने बताउनुभएको  

प्रेस चौतारी नेपालले आयोजना गरेको संगठन सुदृढीकरण कार्यशालाई आइतबार वीरगञ्जमा सम्बोधन गर्दै ढकालले संगठन ठुला हुँदापार्टी विधि प्रणालीमा छलफल निर्णय गर्ने कुराम कमी आउने बताउनुभयो सबैले छलफल गर्ने वातावरण निर्माणमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो  

लोकतन्त्रको लागि गरिएको आन्दोलन लोकतन्त्र पछिको आन्दोलनमा के फरक हुन्छ भन्ने कुरा विश्लेषण गर्न जरुरी रहेको उहाँलेबताउनुभयो अब राजनीतिक पार्टी जनवर्गीय संगठनको भूमिका फेरिएको उहाँले बताउनुभयो अब पुरानो हिसाबले चल्दैन, नयाँभूमिका खोजौँ’, उहाँले भन्नुभयो  

राजनीतिक दल तिनका जनवर्गीय संगठनले आफ्ना काम गर्ने शैली परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो अब पार्टी जनवर्गीयसंगठनका साङ्गठनिक संरचनामा नै सुधार गर्न जरुरी रहेको उहाँले प्रष्ट पार्नुभयो  

कार्यक्रममा बोल्दै ढकालले पार्टी हरेक जनवर्गीय संगठनका कार्यक्रम निर्धारित समयमा नै सुरु गर्नुपर्ने बताउनुभयो कार्यक्रमतोकिएको समयमा आयोजक नपुग्ने, कार्यक्रम सकिने बेलासम्म पनि अतिथि पुग्ने गलत परम्परा तत्काल सुधार गर्नुपर्नेमा उहाँले जोडदिनुभयो  

ढकालले तोकिएको समयमा नपुग्ने अतिथिलाई अतिथिको आसन ग्रहण नै नगराउने संस्कार सुरु गर्नुपर्ने बताउनुभयो त्यो गरियो भनेनेताहरू पनि समयमा नै कार्यक्रममा पुग्ने समयको सही व्यवस्थापन हुने बताउनुभयो यसो गरियो भने पार्टी जनसंगठनमा आमूलपरिवर्तन हुने उहाँले बताउनुभयो  

पार्टी संस्थागत रिपोर्टका आधारमा अघि बढ्नु पर्नेमा उहाँले बताउनुभयो पार्टी संगठनमा व्यक्ति होइन संगठन प्रधान हुनु पर्नेमा उहाँलेजोड दिनुभयो पार्टी संगठनमा अब एक व्यक्ति एक पदलाई कडाइका साथ लागु गर्नु पर्ने ढकालले बताउनुभयो  

व्यक्तिलाई बिग्रन नदिन आर्थिक पारदर्शितामा जोड दिनु पर्ने उहाँले बत्ताउनुभयो हरेक नेता कार्यकर्ताको आम्दानी खर्चको श्रोतपारदर्शी हुनुपर्ने उहाँका भनाई